Apr 17

नयाँ सालको सायरी

नयें साज उठाओ, नयाँ साल आया
नयें गीत गाओ, नयाँ साल आया

नयाँ वर्ष उपलक्ष्यमा नेपालगञ्जको मुसायरखानामा शुक्रबार राति आयोजित मुसायरा (उर्दु कविता गोष्ठी) मा वाचित एक पंक्ति कविताले मन झंकृत बनाइरन्छ। राजधानीमा यस्ता कृतिको बेलाबेला चर्चा हुन्छ। चर्चाविनै यहाँ यति सुन्दर सिर्जना भइरहन्छन्। कसैले हेरे पनि नहेरे पनि उपवनमा फूल फुल्न छाड्दैन।

मोहम्मद अमिन ख्यालीको यो सायरीको महत्व काठमाडौँले सुन्न नपाउदैमा कम हुँदैन। पश्चिम क्षेत्रमा पंक्तिकार आएको एक साता नपुग्दै यहाँका सांस्कृतिक गतिविधिबारे सुन्ने र बुझ्ने अवसर मिल्न थालिसकेको छ। ( Read more )

0
comments

Mar 26

‘Postponement of Secretary General Ban Ki-moon’s visit is a friendly Act’

The postponement of United Nations Secretary General Ban Ki-moon’s purported Nepal visit, which was earlier scheduled for April 28, 2012, has been interpreted by various quarters in different ways. Kul Chandra Gautam, a former assistant secretary general of the United Nations, had published an article arguing that the ongoing peace process has to be concluded before Ban’s visit, and that it would not be wise for the UN leader to co-chair the Lumbini meeting with Maoist Chairman Pushpa Kamal Dahal (aka Prachanda) who has not completely given up the politics of violence and has not adopted Buddha’s teaching of non-violence and peace. Nepali Congress President Sushil Koirala also expressed his view that Ban should not visit Nepal before the conclusion of peace process. Some have argued that the Maoist party is trying to cash in on the UN leader’s visit in the domestic politics. ( Read more )

1
comments

Mar 24

महासचिव बानले बेइज्जती हुनबाट बचाइदिए

संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनको आगामी वैशाख १६ गते हुने भनिएको भ्रमण स्थगित भएपछि यसलाई आ-आफ्नै कोणबाट व्याख्या र विश्लेषण भइरहेको छ । महासचिब बानको भ्रमणअघि शान्ति प्रकि्रया र संविधान पूरा हुनुपर्छ र बुद्धको शान्ति तथा अहिंसाको सन्देशलाई पूर्णतः आत्मसात गरिनसकेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहअध्यक्षता गर्नु उपयुक्त नहुने धारणाबारेमा राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमले एउटा लामो लेख लेखेका थिए । ( Read more )

0
comments

Feb 21

सेनामा राजनीति

कुनै एउटा पार्टीलाई अनुगृहित तुल्याउँदा प्रजातन्त्रका अन्य खम्बा पनि कमजोर हुन्छन् ।

शिवरात्रि अर्थात् सेना दिवसको आसपासमा फेरि एक पटक नेपाली सेनाको नेतृत्व विवादमा परेको छ । शान्ति प्रकि्रयाको अन्तिम चरणमा आइपुग्दा देखिएको यो विवादको उद्देश्य सेनाको पवित्रता जोगाउनुसँग हो । प्रजातन्त्रले त्यतिबेला मात्रै जरा गाड्छ जतिबेला सेना जस्ता संस्थाहरुमाथि राजनीति हुँदैन र तिनलाई पूर्णतः व्यवसायिक हिसाबले चल्न दिइन्छ ।

सेनाले सार्वजनिक विदाको दिन शनिबारसमेत आफ्नो न्युनतम शर्त अघि सार्ने काम भएको छ । यसको नेतृत्व यसमा समावेश भए पनि पूरै संस्थागत निर्णयबेगर माओवादी लडाकु समायोजनका नाममा पठाइएको प्रस्तावले चौतर्फी आशंको स्थिति देखिएको छ । यससम्बन्धी समाचार सार्वजनिक भएपछि राजनीतिक क्षेत्रमा देखिएको हतासा बुझ्न नसकिने थिएन । ( Read more )

0
comments

Jan 31

साम्यवादमा पुग्ने माओवादी लोकमार्ग

Basu Kshitiz

एकीकृत माओवादी नेता तथा प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई उदारवादी र अर्का नेता मोहन वैद्य ‘किरण’लाई कट्टरपन्थीका रुपमा चित्रण गरिन्छ । यथार्थमा माओवादीमा कोही उदारवादी छैन सबै माओवादी पार्टीका हिसाबले ठीक छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् वा उपाध्यक्षद्वय भट्टराई र किरण सबै पक्का माओवादी हुन् । माओवादीका नेतालाई उग्र वामपन्थी भए भनेर दोष दिनु जरुरी पनि छैन । दोष तिनले लिनु पर्छ जसले माओवादीलाई समग्रतामा बुझेनन् वा बुझ्न चाहेनन् । माओवादीलाई अंशमा बुझ्न खोज्दा कहिले त्यो नरम-नरम लाग्छ कहिले त्यो गरम-गरम । ( Read more )

0
comments