>

Category: Opinion

Aug 16

पर्दामा पत्रकारिता

राजधानीका सिनेमा हलमा एउटा सार्थक सिनेमा प्रदर्शन भइरहेको छ- पिपली लाइभ। राजनीतिक दल र सञ्चार माध्यमको भूमिकामाथि व्यंग्य कसिएको यस सिनेमाले यी दुवैलाई आआफ्नो भूमिकामाथि सोच्न बाध्य पार्छ।

भारतीय चलचित्र उद्योग बलिउडमा आमिर खानले अलग्गै व्यक्तित्व बनाएका छन्। यसअघि उनका ‘तारे जमिन पर’, ‘गजिनी’ र ‘थ्री इडियट्स’ले बलिउडकै पुनर्परिभाषित गरेका थिए। ‘पिपली लाइभ’बाट उनले सानो बजेट र कम चिनिएका कलाकार प्रयोग गरेर पनि हलचल गराउने सिनेमा बनाउन सकिने प्रमाणित गरेका छन्। ( Read more )

0
comments

Aug 09

एमालेको तटस्थता

चौंथो पटक पनि प्रधानमन्त्री निर्वाचित हुन नसकेपछि राजनीतिक दलहरू अक्षमताविरुद्ध आलोचित भइरहेका छन्। आलोचकहरूले थोकको भाउमा सबै दललाई बराबर भागीदार ठहर्‍याएका छन्। तर, अहिलेको गतिरोधका निम्ति सबैभन्दा प्रमुख दोषभागी दल नेकपा (एमाले) हो।

एमालेले तटस्थताको नीति अहिलेको गतिरोधको प्रमुख कारण हो। एकीकृत नेकपा (माओवादी), नेपाली कांग्रेस, मधेसी मोर्चा वा अन्य दललाई आआफ्नै हैसियतअनुसारको दोष लाग्ला। तर, तिनका अकर्मण्यतालाई एमालेले जितेको छ। एमालेले नै राजनीतिलाई विकृतिको आहालमा डोहोर्‍याउने काम गरेको हो। ( Read more )

0
comments

Jul 05

नेतृत्व नागरिक माओवादीलाई

राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार निर्माणका लागि दिएको एक साताको म्याद बुधबार सकिँदैछ। नेताहरूको अहिलेसम्मको गति हेर्दा अबका दुई/तीन दिनमा सहमति बनिहाल्ने स्थिति देखिँदैन। यसैबीच प्रमुख दलहरू सहमतिकै सरकार बनाउनेतिर उन्मुख देखिए भने तिनकै आग्रहमा राष्ट्रपतिबाट अरू केही दिन म्याद थप हुन पनि सक्छ। अन्यथा सहमतिको सट्टा बहुमत सरकार बनाउने संविधानको धारातर्फ मुलुक अघि बढ्नेछ।

माधवकुमार नेपालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रमुख दलहरू सरकार निर्माणको कसरतमा लागेका छन्। तर, त्यो कसरत राष्ट्रिय सहमति त के पार्टीभित्रै सहमति गर्नसमेत विफल भएको छ। दलभित्रका गुटहरूको दलदलमा राष्ट्रिय राजनीति भासिएको छ। प्रमुख दल एनेकपा (माओवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)भित्र देखिएका गतिविधिले सहजै राजनीतिक निकास दिने लक्षण देखिएको छैन। ( Read more )

0
comments

Jun 28

बाँसको बलियो स्कुल

बाँसको स्कुलका नामले चिनिएको समता शिक्षा निकेतनको शीरमा यो साता तीनवटा प्वाँख थपिएका छन्। नौ वर्षअघि काठमाडौंको जोरपाटीमा सुरु भएको एउटा सानो अभियान यतिबेला देशका विभिन्न स्थानमा पुग्ने क्रममा छ। यसै सिलसिलामा समताले आफ्नो १८औं शाखाको शिलान्यास गोरखा बजारमा गरेको छ। पोखरा र भैरहवामा पनि यो स्कुलको शाखा उद्घाटन भई पठनपाठन सुरु भएको छ।

विपन्न परिवारबाट आएका विद्यार्थीलाई यस स्कुलमा मासिक सय रुपैयाँ शुल्कमा पढ्ने अवसर दिइएको छ। एकपटक भर्ना हुन १ सय ५० रुपैयाँ बुझाएपछि एसएलसीसम्म भर्ना गरिरहनु पर्दैन। विपन्न परिवारका सन्तानलाई समेत शिक्षाको विकल्प दिएको कारण यसको लोकप्रियता बढ्दो छ। बढ्दो लोकप्रियतासँगै यसमा सहयोगको हात बढाउने व्यक्ति पनि बढिरहेका छन्। ( Read more )

0
comments

Jun 14

राजीनामा मुद्दा होइन

केही दिनयता प्रधानमन्त्री माधवकुमार नेपालले सरकारबाट हट्न हतारिएको सन्देश दिन थालेका छन्। संविधानसभाको म्याद थप्न गत जेठ १४ गते माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताबीचको बैठकमा प्रधानमन्त्रीले यथाशीघ्र राजीनामा गर्ने सहमति भएपछि उनलाई सरकारमा बसिरहन अप्ठेरो लागेको हुनुपर्छ। त्यस यता उनले सत्तारुढ गठबन्धन र समर्थक दललाई पटकपटक आफ्नो स्थिति प्रष्ट पारिदिन आग्रह गर्दै आएका छन्। ( Read more )

0
comments

>