फेरि एसएलसी मेरो जीवनमा जोडिन आइपुग्यो। कहिले आफ्नै लागि कहिले सन्तानका निम्ति यो जीवनसँग जोडिइरहन्छ। छोरीको एसएलसी रिजल्ट हेरेर उनको फेसबुकको भित्तामा ‘तिमीलाई बधाई है, चियर्स’ लेखिसकेपछि मेरो मन भने आफूले एसएलसी दिएको २७ वर्षअघिको समयतिर फर्कियो।
एसएलसीको रिजल्टले जहिल्यै मलाई ‘नोस्टाल्जिक’ बनाउँछ। तर, यसपाला अलि बढी नै मैले त्यो समयलाई सम्भि्कएँ। अहिले मेरी छोरीको रिजल्ट निस्केको बेला र आफ्नो समयबीच मैले ठूलो भिन्नता महसुस गरेँ। एसएलसीको परिणाम आफ्नै पत्रिकाको न्युज पोर्टल नागरिकन्युजडटकममा हेरेर लगत्तै फेसबुकको भित्तामा लेख्न र सँगसँगै मोबाइल फोनबाट वधाई दिन मैले भ्याइसकेको थिएँ। ( Read more )

आहत उपभोक्ता
सरकारको वाणिज्य विभागले गुणस्तरहीन सिमेन्टका छ ब्रान्डको उत्पादन र बिक्री रोक्का गरेर आम उपभोक्तालाई मुलुकमा नियमन निकाय पनि रहेको सन्देश दिएको छ। तर, गुणस्तरहीन उत्पादनको आतंकमा परेका सर्वसाधारणलाई जोगाउन यो पहलमात्र पर्याप्त छैन। ( Read more )
0
comments
Posted in Commentary